news-details
अन्तरास्ट्रिय

Share this post!

कुवेतमा अवैध मदिरा बनाएर बेच्ने ४ नेपाली पक्राउ

दोहा- कुवेतमा अवैध रुपमा घरेलु मदिरा व्यापार गरेको आरोपमा तीन नेपाली कामदारहरु पक्राउ परेका छन् ।कुवेतको आन्तरिक मन्त्रालयका अनुसार हवलीमा रहेका ४ वटा अपार्टमेन्ट भाडामा लिएर ठूलो मदिरा कारखानामा संचालन गरी बिक्रि वितरण गरिरहेको पाइएपछि छापा हानिएको जनाएको छ ।अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रीको लागि तयारी अवस्थामा रहेको भन्ने गोप्य सूचनाको आधारमा चार नेपालीलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।सोक्रममा सयौं ब्यारल रक्सी तथा रक्सी बनाउन प्रयोग हुने औजार र रक्सीले भरिएको बोतलहरु बरादमद गरिएको जनाइएको छ ।