news-details
खेलकुद

Share this post!

फिफा विश्वकप छनोटमा उरूग्वेको जित

काठमाडौँ- फिफा विश्वकप छनोटमा उरुग्वेले जित निकालेको छ ।सोमबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा उरुग्वेले बोलिभियालाई ४(२ गोल अन्तरले पराजित गरेको हो ।उरुग्वेको जितमा जर्जियन डी आरेसकाइटाले दुई गोल गरे । यस्तै फेडेरिको भल्भार्डे र अगस्टिन अल्भारेजले एक एक गोल गरे ।बोलिभियाका मार्सेलो मोरेनोले दुई गोल फर्काए । जितसँगै उरुग्वेले ८ खेलमा १२ अंक जोडेको छ । उरुग्वे तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बोलिभिया ६ अंकसहित नवौं स्थानमा छ ।