news-details
समाचार

Share this post!

बेलायती महारानीबाट उपहार प्राप्त सुनौलो बग्गी सार्वजनिक

तत्कालिन समयमा बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक गरिएको छ । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरेका हुन् । बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो ।कार्यक्रममा दिइएको जानकारीअनुसार यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ ।