news-details
मनोरन्जन

Share this post!

जन्मदिनको अवसर पारेर सुदर्शनले गरे सुप्रियासँग इन्गेजमेन्ट

काठमाडौं । निर्देशक तथा अभिनेता सुदर्शन थापाले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । सोमबार आफ्नो जन्मदिनको दिन काठमाडौंको एक पाँचतारे होटलमा निर्देशक थापाले सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन्।इन्गेजमेन्टमा दुलहा र दुलही पक्षका केही परिवारको मात्र उपस्थिति रहेको थियो । सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा रहेका थिए । उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।उनीहरुले विवाह असोज १ गते गर्ने भएका छन् । सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।