news-details
अन्तरास्ट्रिय

Share this post!

अफगानिस्तानमा विश्वविद्यालय खुलेपनि सुनसान

अफगानिस्तानको शैक्षिक वर्षको पहिलो दिन काबुलका विश्वविद्यालयहरु लगभग खाली थिए। किनकि प्राध्यापकहरु र विद्यार्थीहरु तालिबानको कक्षाको लागी प्रतिबन्धित नयाँ नियमहरु संग लडिरहेका थिए।तालिबानले पहिलो पटकको शासनकाल सन १९९६ देखि सन २००१ को तुलनामा यसपटक नरम शासनको प्रतिज्ञा गरेको छ। यस अघि अफगानिस्तानमा महिला स्वतन्त्रतामा भारी कटौती गरिएको थियो तथा उनीहरुलाई उच्च शिक्षामा प्रतिबन्ध लगाइएको थियो।यस पटक, कट्टर इस्लामी समूहले नयाँ शासन अन्तर्गत महिलाहरुलाई निजी विश्वविद्यालयहरुमा जान अनुमति दिइने कुरा जनाएका छन। तर उनीहरुलाई आफ्नो लुगा र आवागमनमा कडा प्रतिबन्धको सामना गर्नुपर्नेछ।तालिबानले महिलाहरुलाई पुरुषहरुबाट अलग कक्षामा मात्र पढन सक्ने तथा उनिहरुले नकाब सहित मर्यादित पोशाक लगाउनु पर्ने जनाएका छन। काबुलको घरजिस्तान विश्वविद्यालयका निर्देशक नूर अली रहमानीले सोमबार क्याम्पस खाली रहेको जनाउँदै छात्र छात्राहरु पढन चाहेको बताए। उनले छात्राहरुको टाउकोको स्कार्फ सन्दर्भमा प्रष्ट पार्दै विद्यार्थीहरुले हिजाब लगाउने नकाब होइन भने प्रष्ट पारे। तालिबान शिक्षा प्राधिकरणले आइतबार एक लामो दस्तावेज जारी गरी कक्षाकोठाको लागी उनीहरुको उपायहरुको रूपरेखा प्रस्तुत गरेको छ।जसमा कक्षामा पुरुष र महिलाहरु अलग हुनु पर्ने तथा यदि विद्यार्थी जना वा त्यो भन्दा कम भएमा कम्तीमा एक पर्दा द्वारा विभाजित हुनु कुरा उल्लेख गरिएको छ।