news-details
मनोरन्जन

Share this post!

‘जार’ को फस्टलुक

काठमाडौं । फुर्वा छिरिङ लामाले निर्देशन गरेको चलचित्र ‘जार’ को फस्टलुक सार्वजनिक भएको छ । जसमा अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापालाई देखाइएको छ । १९औं शताब्दीको अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक वास्तविक घटनालाई चलचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । महिलापात्रसँगको द्वन्द्वलाई देखाइएको चलचित्रलाई भारतको सिक्किममा छायांकन गरिएको हो ।इन्द्रबहादुर राईले लेखेको यो चलचित्र तीन पात्रकोे कथा वरिपरी घुमेको छ । मुख्य भूमिकामा रहेकी अभिनेत्री गीताञ्जली भारतमा ‘राष्ट्रिय अवार्ड विजेता’ कलाकार हुन् । फेर्री टेल पिक्चर्सले ‘होेप रिल एण्ड एलए सट्र्स’ को सहकार्यमा चलचित्र निर्माण गरेको हो । केही समयपछि चलचित्रको टिजर सार्वजनिकसँगै प्रदर्शन मिति घोेषणा गर्ने निर्माण पक्षले जनाएको छ । झुमा लिम्बु र गंगा थापाको संगीत रहने यो चलचित्रलाई अखिलेश राईले सम्पादन गर्नेछन् । चलचित्रको सम्पादनदेखि सम्पूर्ण प्राविधिक काम भारतमा नै गरिने जनाइएको छ ।