news-details
अन्तरास्ट्रिय

Share this post!

अनौठो संस्कार, जहाँ पति जिवितै हुँदा पनि हरेक वर्ष विधवा हुन्छन् महिलाहरू

हिन्दु धर्म सस्कारमा विवाहित महिलाको जीवनमा सिन्दुर, चुुरा पोते, मेहेन्दी जस्ता चिजहरूले अर्थ राख्दछन् । रूढीवादी परम्परागत मान्यता अनुसार पतिको मृत्यु भएकी अर्थात् विधवा महिलाले उल्लेखित श्रृंगारहरु लगाउनु हुँदैन भनिन्छ । यद्यपि पछिल्लो समयमा यस्तो मान्यता तोडिँदै गएको छ । उता छिमेकी मुलुक भारतको एउटा समुदायमा चाहिँ महिलाहरु आफ्नो पति जिवितै हुँदासमेत हरेक वर्ष केही समयका लागि विधवा जस्तै बन्दछन् ।उक्त समुदायको नाम गछवाहा हो । यो समुदायका महिलाहरुले लामो समयदेखि उक्त रीतिरिवाजको पालना गरिरहेका छन् । अनौठो त के भने उनीहरुले आफ्नो पतिको दीर्घायूको कामना गर्दै हरेक वर्ष विधवा जस्तै बन्दछन् ।उत्तर प्रदेशको पूर्वी क्षेत्रमा बस्ने गछवाहा समुदायका पुरुषहरु वर्षमा पाँच महिनासम्म रुखको खोटो निकाल्ने काम गर्दछन् । सोही क्रममा आफ्ना पतिहरु रुखको खोटो निकाल्न गएका महिलाहरु विधुवा जस्तो पहिरन र रीतिरिवाज अपनाउँछन् । उनीहरुले सिन्दूर लगाउँदैनन्, टिकी लगाउँदैनन् र कुनै पनि श्रृंगार गर्दैनन् । साथै उनीहरु निकै दुस्खी र निरास देखिन्छन् ।गछवाहा समुदायमा तरकुलहा देवीलाई कुलदेवीको रुपमा पूजा गरिन्छ । पति रुखको खोटो निकाल्ने काममा गएको बेलामा उनीहरुका पत्नीहरुले आफ्ना सबै श्रृंगारहरुलाई देवीको मन्दिरमा राख्दछन् ।वास्तवमा जुन रुखबाट खोटो निकालिन्छ ती रुखहरु निकै अग्लो हुन्छन् र थोरैमात्र पनि असावधानी र गल्तीले कामदारको ज्यानै जान सक्दछ । त्यसैले महिलाहरु काममा गएको आफ्नो पति कुनै दुर्घटनामा नपरोस् भन्ने कामनाका साथ कुलदेवीसँग पतिको दीर्घायूको कामना गर्दै मन्दिमा आफ्ना गरगहना र सिंगारपटारका सामान राख्दछन् ।