news-details
अन्तरास्ट्रिय

Share this post!

पक्राउ परे पानीपुरीमा पिसाब मिसाउने व्यक्ति

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल बनेको छ । खासमा एक पानी पुरीवालाले पानीपुरीमा हालेर खाने अमिलो, पिरोयुक्त स्वादिलो पानीमा पिसाब मिसाएका थियो ।उनको यो निच हर्कतको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि भिडियो भाइरल बनेको हो ।खासमा सामाजिक सञ्जालमा भाइरल यो भिडियो भारतको गुवाहाटीस्थित अठगाउँको हो । जहाँ उनी सडक किनारमा नियमित पानीपुरी बेच्दै आएका थिए । तर उनले गर्ने हर्कतबारे कसैलाई थाहा थिएन । यस्तैमा एक व्यक्तिले उनको भिडियो खिचेर उनको यर्थाथता बाहिर निकाले ।गुवाहाटीमा पानीपुरी बेच्ने ती व्यक्तिले पिसाब मिसाएको भिडियो भाइरल बनेपछि धेरैले उनीप्रति आक्रोश व्यक्त गरेका छन् । भिडियो भाइरल बनेपछि उनको घिनलाग्दो हर्कतका विरुद्ध प्रहरीले कदम चालेको छ । उनलाई पक्राउ गरी कारबाहि प्रकृया अघि बढाइएको छ ।