news-details
अन्तरास्ट्रिय

Share this post!

संसारकै शान्त कोठा, जहाँ सुनिन्छ शरीरका हड्डी र धड्कनको आवाज

काठमाडौं । शान्त वातावरण सबैलाई मन पर्दछ । अझ कामका क्रममा एकाग्रता चाहिने बेला शान्ति सबैलाई चाहिन्छ । तर शान्तिको पनि हद हुन्छ नि ।दुनियाँमा एउटा यस्तो शान्त कोठा छ, जहाँ गएपछि तपाईंले आफ्नो शरीरका हड्डी एकापसमा घर्षण भएको र मुटु चलेको धड्कनको आवाज पनि प्रष्ट सुन्न सक्नुहुनेछ ।संसारको सबैभन्दा शान्त कोठा अन्त कहीं होइन, दिग्गज कम्पनी माइक्रोसफ्टको अमेरिकास्थित कार्यालयमा रहेको छ । माइक्रोसफ्टमा रहेको सो कोठालाई संसारकै सबैभन्दा शान्त कोठा भनिन्छ ।उक्त कोठालाई निकै उत्कृष्ट ढंगले डिजाइन गरिएको छ, ता कि बाहिरको कुनैपनि आवाज भित्र नआओस् । कोठा यति धेरै शान्त छ कि भित्र छिरेपछि आफ्नो मुटुको धड्कन प्रष्ट रुपमा सुनिन्छ भने हातगोडा यताउता लैजाँदा जोर्नीमा हुने हड्डीको घर्षणको आवाज पनि प्रष्ट सुनिन्छ ।वाशिङटनस्थित माइक्रोसफ्ट मुख्यालयमा रहेको उक्त कोठामा बाह्य आवाज निस्तेज पार्नका लागि विभिन्न उपकरणहरु जडान गरिएको छ । कोठाभित्र गएर तपाईंले सानो स्वरमा आवाज निकाल्नुभयो भने पनि तपाईंको कानमा ठूलै आवाज सुनिनेछ । त्यसैले सो कोठालाई ‘एनेकोइक रुम’ पनि भनिन्छ । यो त्यस्तो खालको कोठा हो जहाँ आवाज तथा विद्युत चुम्बकीय तरंगहरु पूर्णरुपले सोसिन्छ र परावर्तन हुन पाउँदैन ।कोठा पूर्णरुपमा शान्त भएको हुँदा भित्र छिर्नेबित्तिकै कानमा बहिरोपन भएजस्तो अनौठो खालको आवाज आएजस्तो लाग्दछ । उक्त कोठाका डिजाइनर भन्छन्– हाम्रो कानले सदैव कुनै न कुनै प्रकारको ध्वनी सुनिरहेको हुन्छ । कानको पर्दामा सदैव हावाको दबाब बनिरहेको हुन्छ । उक्त कोठामा जब प्रवेश गर्नुहुन्छ, त्यहाँ हावाको दबाब शून्य बराबर हुन्छ । त्यसैले कोठाभित्र छिरेसँगै बहिरोपन जस्तो महसुस हुन्छ ।यो कोठाको डिजाइन अनौठो तरिकाले गरिएको छ जहाँ कंक्रिट तथा स्टिलको ६ वटा पत्रबाट बनाइएको छ । उक्त कोठा बनाउन डेढ वर्षभन्दा पनि लामो समय लागेको थियो । सो कोठा विश्वको सबैभन्दा शान्त कोठाको रुपमा गिनिज बुकमा दर्ज छ ।