news-details
अन्तरास्ट्रिय

Share this post!

चट्याङ लागेर १४ जनाको मृत्यु

 काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।’ मृतकहरूमध्ये पाँच जना छन् ।यो भन्दा पहिले सोही क्षेत्रमा परेको मुसलधारे मनसुनी वषरका कारण ठाउँठाउँमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो ।सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण १८ जनाको मृत्यु भएको थियो ।