news-details
अर्थतन्त्र

Share this post!

बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आइतबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार  भएकोमा आज ३०० रूपैयाँ बढेर ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।