news-details
अन्तरास्ट्रिय

Share this post!

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।