news-details
मनोरन्जन

Share this post!

आमा बन्दै काजल अग्रवाल

मुम्बई– फिल्म ‘सिंघम’ फेम अभिनेत्री काजल अग्रवाल हालका दिनमा गर्भवती भएको खबरले चर्चामा छिन् । गत वर्षको अक्टोबर ३० मा प्रेमी गौतम किचलूसँग काजलले मुम्बईमा विवाह गरेकी थिइन् । यो विवाहमा उनको परिवार र केही नजिकका साथीहरुलाई मात्र बोलाइएको थियो ।विवाह पछि दुवैजना बिदा मनाउन गएका थिए । जसको तस्वीर काजलले सामाजिक सञ्जालमा राखेकी थिइन् । काजल गर्भवती भएको समाचार सञ्चारमाध्यममा आए पनि काजल र गौतमले यो विषयमा केही बोलेका छैनन् ।काजलले आफू गर्भवती भएको विषयमा केही नबोले पनि उनले दुई ठूला फिल्मको सुटिङ रोकेपछि उनी गर्भवती भएको हो कि भन्ने अनुमान लगाइएको छ । उनले तत्कालका लागि कुनै पनि नयाँ फिल्ममा सम्झौता गरेकी छैनन् । चाँडै आमा बन्न सक्ने भएकाले पनि उनले सुटिङको काम रोकेको परिवारका एक सदस्यले बताए ।हालका दिनमा काजलले काम गरिरहेको फिल्म ‘आचार्य’ र ‘घोस्ट’को निर्मातालाई उनी गर्भवती भएको खबर गरिएको छ । निर्माताले पनि उनलाई फिल्मको काम चाँडो गर्न या ब्रेक लिन भनेका छन् ।सामाजिक सञ्जालमा सक्रिय हुने यी अभिनेत्री लामो समयदेखि सामाजिक सञ्जालबाट पनि टाढिएकी छन् । यसको कारण पनि उनको गर्भावस्थालाई नै मानिएको छ । केही समय अघि काजलको बहिनीले पनि काजल चाँडै आमा बनोस् भन्ने चाहना रहेको खुलाएकी थिइन् ।