news-details
समाचार

Share this post!

 मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु र एकजना  घाइते भएका छन्।शुक्रबार बिहान पूर्व(पश्चिम राजमार्गअन्तर्गत ढल्केवरस्थित पूर्व चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स ४ प ७९२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो।दुर्घटनामा परेर स ४ प ७९२६ नम्बरको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिकाको नरहाका ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। उनका अनुसार लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ का ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन्।  घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले जनाए।मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।