news-details
समाचार

Share this post!

सुर्यबिनायक अस्पतालको कार्यकारी निर्देशकमा डा.राजभण्डारी नियुक्त

भक्तपुर जिल्लाको  सुर्यबिनायक नगरपालिकाद्वारा निर्मित सुर्यबिनायक नगर अस्पतालका लागि नगरपालिकाले कार्यकारी प्रमुख नियुक्त गरेको छ । भौतिक निर्माणको अन्तिम चरणमा रहेको उक्त अस्पताल असोज महिना भित्रै संचालनमा आउने तयारीमा रहेको छ । उक्त नगर अस्पतालका लागि हालसालै टेकु स्थित शुक्रराज ट्रपिकल अस्पताल बाट सेवा निवृत हुनुभएका डा.सागर कुमार राजभण्डारीलाई कार्यकारी प्रमुखको रुपमा नगरपालिकाले नियुक्त गरेको  छ ।
एक कार्यक्रमका बिच नगरपालिकाका मेयर बासुदेब थापाले डा.राजभण्डारी लाई नियुक्तिको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको सुर्यबिनायक नगरपालिका ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।