news-details
समाचार

Share this post!

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

आफ्नै श्रीमानको हत्या गरेको आरोपमा दाङबाट श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीबाट ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराती पक्राउ गरिएको हो ।सम्पत्तिको बिषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको र चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो । सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।