news-details
अन्तरास्ट्रिय

Share this post!

फिलिपिनो राष्ट्रपतिमा बक्सर मेनीको उम्मेदवारी घोषणा

फिलिपिन्सको राष्ट्रपति पदका लागि फिलिपिनो बक्सर मेनी प्याक्याउले उम्मेदवारी दिने घोषणा गरेका छन् ।बक्सर मेनीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । मेनीले सत्तारुढ दल पीडीपी–लाबानबाट राष्ट्रपति निर्वाचनमा भाग लिने छन् ।४२ वर्षीय मेनी फिलिपिन्सको संसदको सिनेटर रहेका छन् । उनले गरिबी र भ्रस्टाचारविरोधी अभियान चलाउने बताईएको छ । मेनी फिलिपिन्समा लोकप्रिय व्यक्तित्व मानिन्छ ।खेल क्षेत्रमा उनको नाम उच्च स्थानमा रहेको छ । उनले बक्सिङको फरक फरक आठ तौल समूहको उपाधि जितेका थिए ।