news-details
मनोरन्जन

Share this post!

भुवन केसी नभएको भए फिल्म क्षेत्र जमानामा बन्द भैसक्थ्योः शिव श्रेष्ठ

नेपाली चलचित्रका सफल नायक शिव श्रेष्ठले अर्का नायक भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्ने बताएका छन् । नायिका गौरी मल्ललाई ‘महानायिका’ भन्दै शिवले घुमाउरो शैलीमा भुवनलाई ‘महानायक’ बताए । शिवले भने–‘नेपाली चलचित्रको सुपरस्टार भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्थ्यो ।’यो पनि पढ्नुहोस‘महानायक र महानायिका’को बिषयमा भुवन केसीको नयाँ कार्डआज चलचित्र क्षेत्रको माहोल बन्नुमा भुवन केसीको ठूलो हात रहेको भन्दै शिवले केसीप्रति गर्व गर्नुपर्ने बताए । भने–‘त्यतिबेला कोही मान्छे जन्मिएको थिएन जतिबेला चलचित्र क्षेत्र धरापमा परेको बेला भुवनले करोडपति चलचित्र लिएर आउनुभयो । उहाँले करोडपति चलचित्र नल्याएको भए यो क्षेत्र सखाप भैसक्थ्यो ।नेपाली फिल्मको ‘महानायिका’ गौरी मल्लः भुवन र शिवआजसम्म चलचित्र क्षेत्रका लागि कसैले दिन नसकेको योगदान भुवन केसीले दिएको शिवको भनाई छ । उनले भने–‘पहिले आफै चलचित्र बनाएर हजारौंलाई रोजागरी दिनुभयो । आज फेरि चलचित्र क्षेत्रका लागि अनमोल केसी जन्माउनुभयो । मेरो छोरा पनि हिरो हो । तर, हिरो र कलाकारमा फरक हुन्छ । अनमोल केसी हिरो हो । आज हेर्नुहोस् त अनमोल केसी आएपछि चलचित्र क्षेत्रमा के–के भएको छ ।’कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो नहोस्ः गौरी मल्लशिवले भुवनको प्रशंसा गर्दै गर्दा भुवनले शिव श्रेष्ठ चलचित्र क्षेत्रको ‘महानायक’ भएको बताएका थिए ।