news-details
राजनीति

Share this post!

नेपाली काङ्ग्रेसको चागुनारायण नगरको सचिबमा भक्तपुर जिल्लाकै कान्छा युवा नेता सिजन कार्की निर्वाचित

नेपाली काङ्ग्रेसको चौधौं महाअधिबेशन बाट चागुनारायण नगरको सचिबमा युवा नेता सिजन कार्की निर्वाचित भएका छन । चागुनारायण नगर क्षेत्रमा मात्र नभइ भक्तपुरका अन्य नगरमा समेत कार्की युवाहरू माझ परिचित ब्याक्तित्व हुन । सानै उमेरदेखिनै सामाजिक कार्यमा लगाब राख्ने कार्की नेपाली काङ्ग्रेस भक्तपुर जिल्लाकै कान्छा निर्वाचित सचिब हुन ।

Open Photo

तत्कालीन अवस्थामा नेपाली काङ्ग्रेस साबिक चागुनारायण नगरपालिका वडा न १५ को वडा सचिब हुँदै चा न पा १ को सह सचिबको जिम्मेवारी कुशलता पुर्बक बहन गरेका कार्की सबल र सक्षम युवा नेता हुन । भुकम्प लगायत कोरोना को महामारी अवस्थामा जनताको घर दैलोमा पुगेर उद्दार र राहत बितरण कार्यलाइ ब्यबस्थित बनाउन अहोरात्र युवाहरुको समूह बनाएर त्यस्को नेतृत्व गरेका कार्की सबै उमेर समुहका मानिसहरु बिच परिचित छन । पिताको सपना साकार पार्न र जनतालाइ बिकासको प्रत्यक्ष अनुभूति प्रदान गर्न सकृय राजनितिमा होमिएका कार्की चागुनारायण नगरपालिका वडा न १ बाट आसन्न महाअधिबेशनमा मनोनित क्षेत्रीय प्रतिनिधि समेत हुन ।