news-details
अर्थतन्त्र

Share this post!

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज  पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ ।साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । वृद्धि भएको मूल्यअनुसार आज प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २० रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।