news-details
सूचना/प्रविधि

Share this post!

किन ६ घण्टा बन्द भयो फेसबुक ?

१९ असोज, काठमाडौं । सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म चलेनन् । जसको कारण सामाजिक सञ्जाल तथा म्यासेजिङ एप प्रयोग गर्ने करीब तीन अर्ब ५० करोड प्रयोगकर्ता सेवा प्रयोग गर्नबाट बञ्चित भए ।फेसबुकले ब्लग पोस्टमार्फत आफ्ना डेटा सेन्टरहरुको बीचमा समन्वय गर्ने रोउटरको मुख्यभागको कन्फिगुरेसन परिवर्तन भएकाले सेवा अवरोध भएको बताएको छ ।यसअघि फेसबुकको सेवा अवरोध हुँदा मानिसहरुले ह्याक भएको हुन सक्ने आशंका व्यक्त गरेका थिए । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्गले भने फेसबुक ह्याक नभएको र आन्तरिक समस्याको कारण सेवामा अवरोध देखिएको बतएका थिए ।फेसबुकमा सेवा अवरोध हुने समस्या कमै मात्र आउँछ । यसअघि सन् २०१९ मा २४ घण्टाभन्दा लामो समय फेसबुकको सेवा बन्द भएको थियो । त्यतिबेला पनि फेसबुकले यो समस्या कन्फिगुरेसन परिवर्तनको कारण नै भएको बताएको थियो । यद्यपि यसपटक भने कम्तीमा केही समस्या डोमेन नेम सिस्टम (डीएनएस)मा पनि रहेको पाइएको थियो ।फेसबुकको सेवा पुनः सुरु भएसँगै सीईओ जुकरवर्गले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको सेवा बन्द भएकोमा क्षमायाचना गरेका छन् । उनले यी सामाजिक सञ्जालमा धेरै मानिसहरु जोडिएकाले यो सेवा कति महत्वपूर्ण रहेको छ भन्ने आफूले बुझेको बताएका छन् ।