news-details
अर्थतन्त्र

Share this post!

नबिल दसैँ धमाका अफर, १५ सयसम्म क्यास ब्याक

काठमाडौं । नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यास ब्याक पाउन सक्नेछन् ।नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १०% छुट वा अधिकतम ३०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाका दिन लागु हुनेछ ।त्यस्तै किरानामा १५% छुट वा अधिकतम १५०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ । दराजमा भने हरेक शुक्रबार १०% छुट वा अधिकतम  ५०० रुपैयाँसम्म पाउन सक्नेछन् ।