news-details
समाचार

Share this post!

प्रधानन्यायाधीशलाई बोलाएको भन्दै वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गरे सर्वोच्च बारको चियापान

२० असोज, काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् ।दशैंको अवसरमा सर्वोच्च बारले बुधबार चियापान कार्यक्रम राखेको थियो, जहाँ प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको थियो ।मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका छन् ।आफूहरुले संगठित रुपमा नभई स्वविवकेले चियापानमा नगएर सन्देश दिएको एक वरिष्ठ अधिवक्ताले बताए । ‘विरोध गर्नुपर्ने सर्वोच्च बारले प्रधानन्यायाधीशको समर्थन गरेको जस्तो देखिने भएर हामी सांकेतिक रुपमा अनुपस्थित भएका हौं’, ती वरिष्ठ अधिवक्ताले भने ।वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश जबरा पनि चियापान कार्यक्रममा गएनन् । सञ्चो नभएको भन्दै उनी नआएको सर्वोच्च बारका एक पदाधिकारीले बताए । चियापन कार्यक्रमा सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोज शर्मा र नहकुल सुवेदी उपस्थित थिए ।सर्वोच्च बारका सचिव ऋषिराज घिमिरेले भने केही वरिष्ठ अधिवक्ताहरु भने आएको दाबी गरेका छन् ।