news-details
मनोरन्जन

Share this post!

‘डाँडाको वर पीपल’को ‘तिमी साथमा हुँदा’ रिलिज.

चलचित्र ‘डाँडाको वर पीपल’मा समावेश तेश्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक गरिएको छ । यो चलचित्र असोज २६ गतेबाट रिलिज हुँदैछ । दशैंको फूलपातिको अवसरमा रिलिज हुन लागेको चलचित्रको यो गीतमा सुगम पोखरेल र जिना रसाइलीको स्वर छ । नवराज गिरीको शब्द रहेको गीतमा एलिस कार्कीले संगीत भरेका छन्गीतकोभिडियोमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, रुविना थापाको प्रेम हेर्न सकिन्छ ।पछिल्लो समयका व्यस्त कोरियोग्राफर रामजी लामिछानेले योभिडियोको कोरियोग्राफी गरेका हुन् । यो चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको अभिनय छ ।नवराज गिरीको लगानी रहेको यो चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । यो चलचित्रलाई तिहारमा ओटीटी प्लेटफर्मबाट पनि रिलिज गर्ने तयारी निर्माताको छ ।