news-details
खेलकुद

Share this post!

विश्वकप छनोटमा इंग्ल्यान्ड र पोल्यान्डको फराकिलो जित

काठमाडौं : कतार विश्वकप २०२२ का लागि जारी युरोपियन छनोटमा इंग्ल्यान्ड छनोट नजिक पुगेको छ। लगातार जित निकाल्ने क्रममा इंगल्यान्डले एन्डोरामाथि ५-० को प्रभावशाली जित निकाल्दा पोल्यान्डले पनि सानमारिनो माथि समान ५-० को जित निकाल्यो।एन्डोराको मैदानमा गोल वर्षा गर्ने क्रममा इंग्ल्यान्डले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप ३ गोल थपेको थियो। इंग्ल्यान्डका लागि चिलवेल,  बुकायो साका,  ट्याम्मी अब्राहम,  जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले समान एक-ए गोल गरे।शनिबारनै भएको अर्को खेलमा सान मारिनोमाथि पोल्यान्डले सानदार जित निकाल्यो। घरेलु मैदानमा शनिबार राति भएको खेलमा पोल्यान्डले सान मारिनोलाई ५-० ले पराजित गरेको थियो। पोल्यान्डको जितमा कारोल स्वीर्डेस्की, थोमस केड्जिओरा, एडाम बुस्का र क्रिस्टोफ पियाटेकले गोल गर्दा एक गोल उपहार पाएको थियो।जितसँगै इंग्ल्यान्ड १९ अंकका साथ शिर्ष स्थानमा रहँदा पोल्यान्ड ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ। सान मारिनो अंकविहीन हुदै पुछारमा छ। यो समुहमा इंग्ल्यान्ड अपराजित रहँदै शिर्ष स्थानमा छ। अल्वानिया १५ अंक जोडेर दोस्रो स्थानमा रहँदा १४ अंक जोडेको पोल्यान्ड तेस्रो र  १० अंक सहित हंगेरी चौथो स्थानमा रहँदा एन्डोरा ३ अंक जोडेर पाँचौ स्थानमा छ।