news-details
खेलकुद

Share this post!

टी-२० विश्वकप विजेताले नगद १६ लाख डलर पुरस्कार पाउने

२४ असोज, काठमाडौं । यही अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अर्थात १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार टी२० विश्वकपको पुरस्कार राशी घोषणा गर्दै विजेताले १६ लाख डलर पाउने जनाएको हो कूल ५.६ मिलियन अर्थात ५६ लाख अमेरिकी डलर पुरस्कार रहेकोमा उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् यसैगरी सेमिफाइनल पुग्ने दुई टोलीले समान ४ लाख अमेरिकी डलर पाउने छन् ।यस्तै पहिलो चरणमा एक खेल जित्नेमा नगद ४० हजार अमेरिकी डलर पाउनेछन् । दोस्रो चर्ण अर्थात सुपर १२ मा एक खेल जित्दा ४० हजार अमेरिकी डलर प्राप्त हुनेछ । सुपर १२ बाट बाहिरिने टिमले ७० हजार डलर पाउनेछन् ।आईसीसी टी२० विश्वकपको सातौं संस्करण यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ ।कूल १६ टोलीको सहभागिता रहेने टी२० विश्वकपमा पहिलो चरणमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष चार दोस्रो दोस्रो चरण अर्थात सुपर १२ मा प्रवेश गर्नेछ । सुपर १२ पछि शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन् ।