news-details
खेलकुद

Share this post!

आइपिएलः दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा

चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आइतबार राति युएईको दुबईमा भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई चार विकेटले पराजित गर्दै चेन्नई फाइनल प्रवेश गरेको होदिल्लीले भने अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ। दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नईले १९ ओभर चार बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो।चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेले। दिल्लीका टम करणले तीन विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो।दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै‚ कप्तान ऋषव पन्तले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले। आइपिएलको इलिमिनेटरमा आज रोयल च्यालेन्जर बैंग्लोर र कोलकाता नाइट राइडरबिच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीचको खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ।