news-details
अन्तरास्ट्रिय

Share this post!

अमेरिकीसहित १० राजदूतलाई देश निकाला गर्ने टर्कीको चेतावनी

५ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने चेतावनी दिएका छन् ।टर्कीका लागि अमेरिकासहित १० मुलुकका राजदूतले थुनामा रहेका नागरिक समाजका एक अगुवाको समर्थनमा संयुक्त विज्ञप्ति निकालेपछि एर्दोगानले उनीहरुलाई देश निकाला गर्ने चेतावनी दिएका हुन् ।‘मैले हाम्रो मुलुकमा उनीहरुलाई राख्न सक्दैनौं भनेर हाम्रा विदेशमन्त्रीलाई बताएको छु’, एर्दोगानलाई उदृत गर्दै टर्किस मिडियाले लेखेका छन् ।सोमबार पश्चिमा मुलुकका १० राजदूतले संयुक्त विज्ञप्ति जारी गरेका थिए । बिरलै जारी हुने संयुक्त विज्ञप्तिमा समाजसेवी एवं अभियन्ता ओस्मान काभालालाई थुनामा राख्ने कार्यले टर्कीमाथि ग्रहण लागेको उल्लेख छ ।अमेरिका, जर्मनी, क्यानाडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्यु जिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘काभालाको मुद्दा न्यायसंगत ढंगले तत्काल समाधान’ गर्न भनिएको छ ।संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै ती राजदूतलाई टर्कीको विदेशमन्त्रालयमा बोलाइएको थियो ।पेरिसमा जन्मिएका काभालालाई अभियोग पुष्टि नभइकनै २०१७ देखि थुनामा राखिएको छ । उनीमाथि २०१३ को सरकारविरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ ।  डाउनडटकमबाट