news-details
अन्तरास्ट्रिय

Share this post!

पछिल्लो २४ घण्टामा विश्वभर थपिए ३ लाख २५ हजार कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख २५ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये रसियामा सबैभन्दा बढी ४० हजार ९०० थपिएका छन्।यस्तै, बेलायतमा ३८ हजार, टर्कीमा २३ हजार ९००, अमेरिकामा १९ हजार ८००, युक्रेनमा १७ हजार ४००, जर्मनीमा १३ हजार ९०० र भारतमा १२ हजार ९०० संक्रमित थपिएका छन्।यो अवधिमा विश्वभर साढे ४ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सबैभन्दा धेरै रसियामा ११ सय ५८, रोमानियामा ३९४, युक्रेनमा ३३६, मेक्सिकोमा ३२५, भारतमा २५१‚ टर्कीमा २०१ जनाको मृत्यु भएको छ।कोरोनाबाट हालसम्म विश्वभर मृत्यु हुनेको संख्या ५० लाख १४ हजार पुगेको छ। यस्तै‚ २४ करोड ७४ लाख संक्रमित हुँदा २२ करोड ४१ लख संक्रमणमुक्त भएका छन्।