news-details
अन्तरास्ट्रिय

Share this post!

यो हो संसारकै महंगो फल : एउटा गेडाको मूल्य १६ लाख रुपैयाँ !

काठमाडौं । संसारमा अनेक खालका फलफूल पाइन्छन् जसको मूल्य पनि थरीथरी हुन्छ । जापानमा पाइने एउटा खरबुजा चाहीँ संसारकै सबैभन्दा महंगो फलको रुपमा रहेको छ ।जापानको रैथाने फलको रुपमा रहेको युबरी किंग खरबुजा सायद संसारकै सबैभन्दा महंगो फल हो । यसको खेती जापानमा मात्रै हुन्छ र स्थानीय बजारमा किनबेच हुन्छ । निकै महंगो भएका कारण यसको निर्यात नगन्य हुन्छ । यो फल सूर्यको प्रकाशमा नभई ग्रिन हाउसमा फलाइन्छ । यो खरबुजा होक्काइडो प्रान्तका केही ठाउँमा मात्र फलाइन्छ ।युबरी किंग खरबुजा यतिधेरै महंगो हुन्छ कि एक किलोको एउटा दानाको मूल्य १६ लाख रुपैयाँ बराबर पर्दछ । अर्थात् ३२ लाख रुपैयाँ बराबरको मूल्य एक जोडी खरबुजाका दाना पाइन्छन् ।सन् २०१९ मा भएको एक लिलामीका क्रममा दुईवटा खरबुजाको मूल्य ५३ लाख रुपैयाँ परेको थियो ।निकै महंगो यो फलको माग जापानको धनाढ्य वर्गमा निकै उच्च छ । वर्षभरी नै फल्ने यो फल १ सय दिनमा तयार हुन्छ । भौगोलिक सूचकबाट संरक्षित गरिएका कारण यो फल यतिधेरै महंगो भएको बताइएको छ ।