news-details
अन्तरास्ट्रिय

Share this post!

बेलारुसमा फसेका आप्रवासीको स्वास्थ्यवस्थाबारे डब्ल्युएचओको चासो

एजेन्सी- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले युरोपेली सङ्घसँगको सीमा विवादका बीच बेलारुसमा फसेका हजारौँ आप्रवासीहरूको स्वास्थ्य अवस्थाबार गम्भीर चासो जनाएको छ ।हामी सबै राज्यहरूलाई बेलारूसी सिमानामा शरणार्थी र आप्रवासीहरूको स्वास्थ्यको अधिकारको रक्षा गर्न आग्रह गर्दछौँ, जसमध्ये धेरैलाई चिकित्सा सहायता चाहिएको छ’, डब्ल्युएचओ युरोपका निर्देशक हान्स क्लुगेले आग्रह गरेका छन् ।उनले भने, ‘म जाडो नजिकिँदै पोल्याण्ड, लाटभिया र लिथुआनियासँगको बेलारुसको सिमानामा र दशगजामा फसेका हजारौँ कमजोर मानिसहरूको बारेमा धेरै चिन्तित छु ।’सयौँ आप्रवासीहरू मुख्यतया कुर्दहरू, बेलारूसी–पोलिश सिमाना नजिकै चिसो मौसममा केही दिनदेखि अड्किएका छन् । यस क्षेत्रमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।