news-details
अन्तरास्ट्रिय

Share this post!

भारतमा १० हजार १९७ जना संक्रमित थपिए

काठमाडौँ– भारतमा १० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा १० हजार १९७ जना संक्रमितमा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा ११ हजार ९७१ जना संक्रमणमुक्त भएका छन् भने ३०१ जना संक्रमितको मृत्यु भएको छ ।भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४० हजार ६८९ मा झरेको छ ।कुल मृतकको संख्या ४ लाख ६४ हजार १५३ पुगेको छ ।कुल संक्रमित ३ करोड ४४ लाख ६६ हजार ५९८ जनामध्ये ३ करोड ३८ लाख ६१ हजार ७५६ जना निको भइसकेका छन् ।