news-details
अन्तरास्ट्रिय

Share this post!

अमेरिका र चीन पत्रकारको यात्रा सहज गर्न सहमत

एजेन्सी – एक अर्को देशका पत्रकारहरुको यात्रा सहज बनाउन अमेरिका र चीन सहमत भएका छन् ।चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्टपति जो बाइडेनबीच भएको भर्चुअल संवादपछि दुबै देश एक अर्को देशमा जाने पत्रकारको यात्रा सहज बनाउन सहमत भएका हुन् । सहमतिसँगै दुबै देशका सञ्चारकर्मी निर्वाध आवत जावत गर्न पाउने भएका छन् ।पत्रकारको यात्रा सहज बनाउन दुबै देशले एक वर्षदेखि वार्ता प्रयास गरेका थिए । दुबै देशका सरकारहरुले पत्रकारको भिसा अवधि तीनदेखि एक वर्षसम्म बढाउन सहमत भएका छन् ।दुबै देशले सञ्चारकर्मीलाई एक अर्को देशमा जान र फर्किन अनुमति दिने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेश मन्त्रालयले पछिल्लो सहमतिलाई स्वागत गर्दै त्यसलाई सम्बन्ध सुधारको प्रारम्भिक कदम भनेको छ ।अमेरिकी र अन्य सञ्चार माध्यमहरुका लागि निरन्तर काम गर्ने बताउदै मन्त्रालयले पहुँच विस्तारका लागि निरन्तर काम गर्ने जनाएको छ । गत फेब्रुअरीमा अमेरिकाले चीनका सरकारी सञ्चार माध्यमहरुलाई अमेरिकाले ‘विदेशी मिसन’ को रुपमा व्याख्या गर्ने निर्णय गरेको थियो ।अमेरिकाले सिन्ह्वा समाचार संस्था र चाइना ग्लोबल टेलिभिजनलगायत पाँच सञ्चार माध्यमहरुलाई कुनै सामाग्री किन्नु अगाडि अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । अमेरिकी कदमको चीनले बिरोध गरेको थियो ।त्यसको एक महिनापछि चीनले न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट, वाल स्ट्रिट जर्नललगायका मुख्य सञ्चार माध्यमहरुका १३ पत्रकारलाई देश निकाला गरेको थियो । निस्काशन गरिएका पत्रकारलाई पुनः अवसर दिने वा नदिने भन्ने बारेमा केही खुलाईएको छैन ।