news-details
अन्तरास्ट्रिय

Share this post!

ओभरडोज औषधिले अमेरिकामा एक वर्षमा १ लाख जनाको मृत्यु

न्युयोर्क – अमेरिकामा ओभरडोज औषधि सेवनका कारण एक वर्षमा १ लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।गत वर्षको अप्रिलदेखि सन् २०२१ को अप्रिलको अन्त्यसम्ममा ओभरडोज औषधि सेवनबाट यति धेरै मानिसहरूको मृत्यु भएको हो । यो संख्या अघिल्लो वर्षको तुलनामा २८ दशमलब ५ प्रतिशतले बढी हो ।हामीले कोभिड महामारी नियन्त्रणका लागि धेरै प्रयास गरे पनि ओभरडोज औषधिका कारण भइरहेको मृत्युलाई बेवास्ता गरेका छौं,’ राष्ट्रपति जो बाइडेनले भने । कतिपय फार्मेसीले चिकित्सकले दिएको प्रेसक्रिप्सनबिना नै औषधि बिक्री गर्दा त्यसको दुरुपयोग भएको विज्ञहरुले बताउँदै आएका छन् ।एक वर्षको अवधिमा कोभिड-१९ बाट अमेरिकामा ५ लाख ८ हजार जनाको मृत्यु भएको छ ।