news-details
अन्तरास्ट्रिय

Share this post!

अमेरिकी संसद्‌मा आक्रमण गर्नेलाई ४१ महिना जेल

अमेरिकी संसद्‌ क्यापिटल हिलमा आक्रमण गर्ने एक व्यक्तिलाई अदालतले ४१ महिनाको जेल सजाय सुनाएको छ। संघीय न्यायाधीशले दंगामा सहभागी भएको भन्दै बुधबार उक्त आदेश दिएका हुन्।आक्रमणकारी ६ जनवरीमा सार्वजनिक भएको तस्वीर र भिडियोमा सिङवाला टोपीमा बेग्लै खालको पोशाकमा देखिन्छन्।जनवरीमा जो बाइडनलाई आधिकारिक रूपमा राष्ट्रपति बनाउने प्रक्रियाका क्रममा डोनल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल हिलमा आक्रमण गरेका थिए। उक्त घटनालाई लिएर ट्रम्पको व्यापक आलोचना भएको थियो।उक्त दिनलाई अमेरिकी इतिहासमा 'कालो दिन' भनिएको थियो। चान्सले क्यापिटल हिल आक्रमणको  सार्वजनिक अनुहार बनेका छन्।उक्त आक्रमणमा ४ जनाको मृत्यु भएको थियो भने १४० सुरक्षाकर्मी घाइते भएका थिए।चान्सलेलाई जनवरीमै पक्राउ गरिएको थियो। उनी गाढा नीलो रङको जेल जम्पसुटमा दाह्री र मुडुलो टाउको लिएर अदालतमा पेस भएका थिए।अधिकारीले चान्सले डिप्रेसन र छारे रोगबाट पीडित रहेको बताएका छन्। ट्रम्पले माफी नदिएकाले आफू निराश भएको चान्सलेले बताए। अमेरिकी नौसेनामा कार्यरत चान्सलेमा सन् २००६ मा त्यस्तो समस्या देखिएको जानकारी दिइएको थियो।