news-details
अन्तरास्ट्रिय

Share this post!

अफगानिस्तानमा मानवीय सहायता सहयोग

काठमाण्डौं । अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउन थालेका छन् । मुख्यगरी अफगानिस्तानमा खाद्यान्न, लत्ताकपडा र औषधि पठाउन थालिएको हो । हाल अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि त्यहाँका नागरिक समस्यामा परेका छन् ।इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगान प्रान्त नान्गाहार पुगेको प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले बताए ।इरान सरकारले अफगानिस्तानका नागरिकका लागि जाडो मौसममा आवश्यक न्यानो कपडा पठाएको छ । चीनले पनि अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ । एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीलाई उदृत गरी समाचार संस्था सिह्वाले जनाएको छ ।