news-details
अन्तरास्ट्रिय

Share this post!

गुडिरहेको बसमा आगो लाग्दा बुल्गेरियामा ४५ जनाको मृत्यु

काठमाडौं : बुल्गेरियामा  गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको रोयटर्सले जनाएको छ। बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि आगो लागेको हो भन्ने प्रष्ट भइसकेको छैन। मृत्यु हुनेमा केही बच्चाहरू पनि छन्।मृत्यु हुनेमा धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ। नर्थ मेसेडोनिया बुल्गेरियाको छिमेकी मुलुक हो जुन सन् १९९१ मा स्वतन्त्र भएको थियो।उक्त बसमा नर्थ मेसेडोनियाका ५२ जना पर्यटकहरू थिए।  बिबिसीका अनुसार उक्त बस टर्कीबाट नर्थ मेसेडोनिया जाँदै थियो।