news-details
अन्तरास्ट्रिय

Share this post!

पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने

काठमाडौँ – पाकिस्तान सरकारले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको मानवीय सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री इमरान खानले सेना प्रमुख क्वामर जाभेद वाजवा, मन्त्रीहरु, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँगको भेटपछि अफगानिस्तानलाई मानवीय सहयोगको घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री खानले २ करोड ८० लाख डलर बराबरको मानवीय सहायताका सामग्री तत्काल अफगानिस्तानमा ढुवानी गर्न निर्देशन दिएका छन्,’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले ५० हजार मेट्रिक टन गहुँ, आपतकालीन मेडिकल उपकरण र जाडोमा प्रयोग हुने कम्मललगायतका सामग्री अफगानिस्तानमा पठाउन लागेको हो ।पछिल्लो समयमा पाकिस्तान सरकारले आफ्नो देशबाटअफगानिस्तान निर्यात हुने निश्चित सामाग्रीको शुल्कसमेत घटाएको छ । भारतले मानवीय सहायतास्वरुप अफगानिस्तान पठाएको ५० हजार मेट्रिक टन गहुँ ढुवानीका लागि अनुमति दिने पनि पाकिस्तानले जनाएको छ । भारत सरकारले यही ११ नोभेम्बरमा सो सहयोगको घोषणा गरेको थियो । अफगानिस्तानमा सामान ढुवानीमा पाकिस्तानी पक्षबाट अवरोध भएको भारतीय विदेश मन्त्रालयलले गुनासो गरेको थियो ।अवरोधकाकारण हामीले अफगानिस्तानमा सामग्री ढुवानी गर्न सकिरहेका छैनौं,’ भारतीय विदेश मन्त्रालयका प्रवत्ता अरिन्दाम वाग्चीले केही दिनअघि भनेका थिए । त्यस्तै, भारतमा औषधि उपचार गरिरहेका अफगानीलाई स्वदेश फर्किनसमेत सहयोग गर्ने पाकिस्तानले जनाएको छ । १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि उपचार गर्र्न आएका केही अफगानी भारतमा बिचल्लीमा छन् ।