news-details
अन्तरास्ट्रिय

Share this post!

डुङ्गा डुब्दा बेलायत प्रवेश गर्न खोज्‍ने ३१ आप्रवासीको मृत्यु

काठमाडौं :  बेलायत र फ्रान्सको सिमा क्षेत्रमा पर्ने कालाइस नहरमा डुंगा डुब्दा त्यसमा सवार ३१ जना आप्रवासी नागरिकको मृत्यु भएको छ।आप्रवासी ती नागरिकहरुले अवैध रुपमा बेलायत प्रवेश गर्न डुंगा प्रयोग गरेको समाचारमा जनाइएको छ । मृत्यु भएका ३१ मध्ये ५ जना महिला र २ जना बालबालिका समेत रहेको फ्रान्सका सुरक्षा अधिकारीहरुले जनाएका छन्।नहरमा डुंगा डुब्दा अन्य मानिस समेत हराएको हुनसक्ने फ्रान्सका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। सो घटनामा उद्धार गरिएका २ जना घाइतेको उपचार भइरहेको र अन्यको खोजी कार्य भइरहेको छ।यसैबीच, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अवैध रुपमा आप्रवासी नागरिक ओसारपसार गर्ने अपराधीहरुको संजाल तोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दुर्घटनापछि टेलिफोन संवाद गर्दै म्याक्रोन र जोन्सनले सो प्रतिबद्धता जनाएका हुन्।  अन्तर्राष्ट्रिय आप्रवासी नियोगका अनुसार नहरमै डुंगा डुब्दा यति ठूलो संख्यामा अवैध आप्रवासी नागरिकको मृत्यु भएको पहिलो घटना हो।