news-details
समाचार

Share this post!

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौं : नेता थापा

काठमाडौँ — नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औं महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् ।महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन् । उनले भने, “१०औं महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।”नेता थापाले स्थानीय तहमा सहमतिमा नै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभाव पर्ने बताए । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुंगो नलागेको भन्दै उनले छलफलबाट पदको टुंगो लाग्ने जानकारी दिए । उनले भने, “मेरो उम्मेदवारी के मा भन्ने टुंगो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौं ।”यस्तै, नेता शेरबहादुर तामाङले महाधिवेशनले सर्वसहमत नेतृत्व छनोट गर्ने बताएका छन् । उनले अन्तिम समयसम्म सहमतिको प्रयास हुने र सहमतिमा नै नेतृत्व चयन हुने बताए । उनले भने, “साथीहरुले आन्तरिक तयारी सुरु गर्नुभएको छ । आकांक्षा राख्न पाइन्छ ।”फरक प्रसंगमा बोल्दै उनले आफू सचिवको उम्मेद्वार रहेको बताए । उनले भने, “म काममा विश्वास राख्छु । कायकर्ताले दिएको जिम्मेवारीमा बस्छु । तर अपग्रेड हुने चाहना छ ।”नेकपा एमालेका युवा नेता महेश बस्नेतले १०औं महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताए । उनले माओवदीबाट आएका र १० बुँदे सहमतिबाट आएका नेताहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “अन्यमा समस्या छैन । १० बुँदे सहमतिपछि आएका नेतामा केही समस्या देखिएको हो । उहाँहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिन्छ ।”