news-details
अन्तरास्ट्रिय

Share this post!

बेलायती सांसदले संसद शत्रमै गराइन् स्तनपान

लन्डन । संसद सत्र चलिरहेकै बेला शिशुलाई स्तनपान गराउने बेलायती सांसदलाई बच्चासँगै संसद भवनमा आउन प्रतिबन्ध लगाइएको विषयमा बहस सुरु भएको छ । लेबर दलकी सांसद स्टेला क्रीजीले संसद चलिरहेकै बेला शिशुलाई स्तनपान गराएकी थिइन् । उनलाई संसदमा शिशु लिएर आउन प्रतिबन्ध लगाइएको छ । जुन समय उनलाई सदनमा आउन रोकिएको थियो त्यसबेला उनको बच्चा साथमा सुतिरहेको थियो ।घटना गत मंगलबारको हो । स्टेला आफ्नो बच्चाको साथ संसद भवन पुगिन् । उनी सदनको छलफलमा भाग लिन चाहन्थिन् । तर उनलाई नियम उल्लङ्घन गरेको भन्दै रोकिएको थियो । पछि संसदका एक अधिकारीले उनलाई पत्र पठाए । नियमअनुसार उनी बच्चासँग सदनमा बस्न नसकिने बताइएको थियो । स्टेलाले यसमा आपत्ति जनाईन् । केही सांसदहरुले पनि उनलाई समर्थन गरे । स्टोलालाई यी नियमहरुलाई भविष्यमा रिभ्यू गरिने आश्वासन दिएका छन् ।हाउस अफ कमन्सका सभामुख लिन्डसे होयलले सांसदहरूलाई भनिन् –मलाई कुनै अधिकारीले स्टेलालाई रोकेको कुरा थाहा छैन। स्टेलाले महिला सांसदहरूलाई पूर्ण सुत्केरी कभर दिने अभियान चलाएकी थिइन् । प्रधानमन्त्री बोरिस जोनसनले पनि नियम सुधार गर्ने कुरा गरेका छन् । जोनसनकी श्रीमती पनि दोस्रो सन्तानकी आमा बन्न लागेकी छिन् । यद्यपि, जोनसनले पनि यस विषयमा हाउस अफ कमन्सले निर्णय गर्ने बताए । बेलायती प्रधानमन्त्रीका प्रवक्ताले भने– हामी सदनलाई यो शताब्दीको हिसाबले आधुनिक बनाउन र चलाउन चाहन्छौं ।बेलायती संसदमा प्रतिबन्ध भए पनि बालबालिका ल्याउने चलन छ । पूर्व लिबरल डेमोक्र्याट जो स्विन्सन २०१८मा पहिलो पटक बच्चालाई सदनमा ल्याउने पहिलो महिला सांसद थिइन् । लेबर सांसद एलेक्स जोन्सले ट्वीट गर्दै भनेका छन्, २०१९ मा सभामुख होलीले बच्चालाई साथमा ल्याउन र संसदमा स्तनपान गराउन उनलाई अनुमोदन गरेका थिए । उनले भने स्टेला अझैपनि स्तनपान गराईरहेकी छन् त्यसकारण उनलाई बच्चाको साथमा संसदमा आउन अनुमति दिनुपर्छ । कानुनमन्त्री डोमिनिक रोबले पनि स्टेलालाई यसअघि पनि यो मुद्दा उठाएकाले समर्थन गर्न सक्ने विश्वास गरेका छन् ।