news-details
अन्तरास्ट्रिय

Share this post!

पत्नीबाट छुटकारा पाउन पुलिससँग गुहार, भने- मलाई जेलमा हाल

दुनियाँमा जेल जाने इच्छा कसलाई पो होला र ? तर इटालीको गोइडोनिया मोन्टेसेलियो भन्ने ठाउँमा बस्ने एकजना व्यक्तिले आफूलाई जेलमा हालेर पत्नीबाट छुटकारा दिलाउन भन्दै पुलिसलाई गुहारे ।आफू पत्नीसँग एउटै घरमा बस्न नसक्ने भन्दै उनले बरु आफूलाई जेलमा हालेर मुक्ति दिलाउन पुलिसँग अनुरोध गरेपछि पुलिसले उनको कुरा सुन्यो । त्यसपछि उनलाई जेलमा हालियो ।अल्बानीयाली मूलका ती पुरुषलाई इटालीको प्रहरीले केही महीना अगाडि लागूऔषध मामिलामा सजाय दिएको थियो ।सजायको रुपमा ती पुरुषलाई केही महीनाका लागि नजरबन्दमा राखिएको थियो । तर लामो समयसम्म घरभित्र बसिरँदा उनलाई समस्या भएछ । घरमा पत्नीसँग निकै धेरै समयसम्म सँगै रहँदा आफूलाई सकस भएको र पत्नीसँग घरको चौघेराभित्र कैद भएर बस्न नसक्ने उनले भनाइ थियो ।आफुले अब यसभन्दा धेरै पत्नीलाई सहन नसक्ने आफूलाई घरमा नजरबन्दको साटो जेलमा लैजान उनले प्रहरीसँग अनुरोध गरे । घरमा नजरबन्द भएर पत्नीसँगै बस्नुभन्दा जेलमै बस्नु उत्तम रहेको उनले पुलिससँग बताए । त्यसपछि पुलिसले उनलाई नजरबन्दबाट निकालेर जेलमा स्थानान्तरण गर्‍यो । उनी केही वर्षसम्म जेलमै रहनुपर्नेछ ।