news-details
अन्तरास्ट्रिय

Share this post!

४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर : युनिसेफ

जेनेभा- संयुक्त राष्ट्र बाल आपतकालीन कोष (युनिसेफ)ले अफगानिस्तानमा ४० लाखभन्दा बढी बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जनाएको छ । ४० लाखमध्ये आधाभन्दा बढी बालिका रहेको तथ्यांक सार्वजनिक भएको छ पछिल्लो ३ महिनामा अफगानिस्तानका एक लाख ४२ हजार ७०० भन्दा बढी बालबालिकाको समुदायमा आधारित शिक्षाको पहुँचमा ल्याइएको पनि युनिसेफले उल्लेख गरेको छ ।  यससँगै पाँच हजार ३५० समुदायमा आधारित सिकाइ समूहहरु गठन गरेको पनि जनाइएको छ ।युनिसेफका कार्यकारी निर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धेरैजसो किशोर किशोरीहरूलाई अझै पनि विद्यालय जान अनुमति नदिइएकाले बालविवाहको जोखिम पनि बढेको छ । शिक्षा प्रायः बालविवाह र बालश्रम जस्ता नकारात्मक समस्याहरुको सामना गर्ने संयन्त्र र सुरक्षाको उपाय हो ।’युनिसेफले गरेको एक अनुमानले १५ देखि ४९ वर्ष उमेर समूहका २८ प्रतिशत अफगान महिलाको १८ वर्षअघि नै विवाह भएको खुलासा गरेको छ ।