news-details
अन्तरास्ट्रिय

Share this post!

ओमिक्रोन भेरियन्टबाट बेलायतमा एकजना संक्रमितको मृत्यु

एजेन्सी : कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट बेलायतमा एक संक्रमितको मृत्यु भएको छ।प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ भेरियन्टबाट एकजनाको मृत्यु भएको बताउँदै बेलायती नागरिकलाई बुस्टर डोज खोप लगाउन आग्रह समेत गरेका छन्।ओमिक्रोन कोरोना भाइरसको यो नयाँ संस्करण विश्वभरका देशहरूमा चिन्ताको विषय बनेको छ।बोरिस जोन्सनले भनेका छन्‚ 'नयाँ भेरियन्टका कारण अस्पतालमा निकै भर्ना हुन थालेका छन्। सबैभन्दा राम्रो कुरा उनीहरूले बुस्टर मात्रा पाउनेछन्।'त्यसो त प्रधानमन्त्री जोन्सनले यो महिनाको अन्त्यसम्म देशका सबै वयष्कले बुस्टर खोप लगाउने लक्ष्य राखेको बताइसकेका छन्।उनले भनेका छन्, ‘ओमिक्रोन भेरियन्ट सामान्य भेरियन्ट होइन, केस बढ्दै जाँदा पहिचान गर्न समेत जरुरी परेको छ।’स्वास्थ्यमन्त्री साजिद जावेदले बेलायतमा अहिलेसम्म कुल संक्रमितको २० प्रतिशत ओमिक्रोन भेरियन्ट देखिएको र त्यसमध्ये १० प्रतिशत अस्पतालमा भर्ना भएका छन्।