news-details
अन्तरास्ट्रिय

Share this post!

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी

एजेन्सी- उत्तरी चीनको साङ्सी प्रान्तमा कोइला खानीमा फसेका २१ कामदारको उद्धार जारी छ ।चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धारमा खानीतर्फ कुदिरहेको बताइएको छ । घटनास्थलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ ।शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २.१ मिटरले घटेको  जनाइएको  छ । उद्धारकर्ताहरूले  थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन मिटरभन्दा बढी पानी निकाल्ने योजना बनाएका छन् ।दुर्घटना सियाओई शहरको डुक्सिगो गाउँको कोइला खानीमा बुधबार राति करिब ११ बजे भएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको कारण अवैध उत्खनन  रहेको बताइएको छ । न्यून तापक्रम र तीव्र हावाले खोजी र उद्धारलाई थप कठिन बनाएको बताइएको छ ।घटनामा संलग्न सात जनालाई स्थानीय सार्वजनिक सुरक्षा विभागले नियन्त्रणमा लिएको छ भने फरार अन्यको खोजी भइरहेको छ ।