news-details
अन्तरास्ट्रिय

Share this post!

घानाको संसद् बैठकमा सांसदबीच कुटाकुट

 काठमाडौं : विद्युतीय कारोबारमा कर लगाउने सरकारको प्रस्तावको विषयमा घानामा सत्तारुढ दल र विपक्षी सांसदहरुबीच संसदमा मुक्कामुक्की भएको छ। प्रस्तावअघि बढाउने र रोक्न खोज्ने सांसदहरुबीच धकेलाधकेल र मुड्की हानाहान भएको हो । केहीले भने झगडा रोक्ने कोसिस गरेका थिए।स्थानीय सञ्चार माध्यमहरुले उपसभामुखल जोसेफ ओसेइ ‌ओवुसु मतदातानका लागि आफ्नो सीटबाट उठ्न खोज्दा विपक्षी दलका सांसदहरुले रोक्न खोजेपछि संसद्‌मा तनाव सुरु भएको बताएका छन् । संसद् अस्तव्यस्त भएपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए।सरकारले मोबाइल मनी पेमेन्टसहित सबै विद्युतीय कारोबारमा १ दशमलव ७५ प्रतिशत कर लगाउने प्रस्ताव विपक्षी नेसनल डेमोक्रेटिक कंग्रेसले अस्वीकार गर्दै आएको छ। उनीहरुले यस्तो करले न्यून आय भएका व्यक्तिलाई असर गर्ने र कारोबार बैंकिङ च्यानलमा बाहिर कारोबार हुने बताएका छन्। घानाका अर्थमन्त्रीले केन अफोरी अट्राले भने सरकारको प्रस्तावबाट १ अर्ब १५ करोड अमेरिकी डलर कर उठाउन सकिने जनाएका छन्।