news-details
अन्तरास्ट्रिय

Share this post!

भारतमा अदालतभित्र बिस्फोट हुँदा २ को मृत्यु, चार घाइते

भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिहीबार दिउँसो बिस्फोट भएको छ।लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको र  चार जना घाइते भएको इन्डिया टुडेले जनाएको छ।बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक  अदालतमा पुगेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा ६ तले अदातल भवनबाट धुँवा आइरहेको देखिन्छ।लुधियाना अदालतमा बिहीबार वकिलहरूको बन्द थियो।  त्यही भएर बिस्फोटका बेला अदालतमा धेरै मानिस थिएनन्।बिस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन।