news-details
अन्तरास्ट्रिय

Share this post!

अष्ट्रेलिया : ६ वर्षकी बालिकाले किनिन् सात करोडको घर

विश्वका जो कोही व्यक्ति पनि आफ्नो एउटा घर चाहिँ होस् भन्ने चाहना राख्छन् । एक सामान्य मानिसको जीवनभरीको कमाइ उसको सपनाको घर बनाउन लाग्छ । कसैले एउटा घर बनाउन आफ्नो पुरै उमेर खर्चिने गर्छन् । तर एउटा यस्तो समाचार बाहिरिएको छ जुन पढेपछि तपाईलाई खुसी हुने होइन अचम्म पनि लाग्नेछ ।एक ६ वर्षकी बालिकाले आफ्ना भाइ–बहिनीसँग मिलेर आफ्नो एउटा घर खरिद गरेकी छिन् । यो घरको मूल्य सुन्दा पनि तपाईंलाई अचम्म लाग्ला । ६ वर्षकी बालिकाले अष्ट्रेलियाको मेलवर्नमा ६ हजार डलर (७ करोड रुपैयाँ) पर्ने घर खरिद गरेकी छिन् । ६ वर्षकी बालिकाले खेल्ने कुद्ने समयमा लगभग ८ करोड नेपाली रुपैयाँ पर्ने घर किन किनिन् भन्नेबारे जानकारी लिऔं ।रुबी, गस र लुसी म्याकलेनन भर्खरै एक घरका मालिक बनेका छन् ।‘मेरो नाम रुबी हो र म ६ वर्षकी भएँ, म आफ्नो पहिलो घर खरिद गर्न जाँदैछु,’ रुबीले सेभेनन्यूजलाई भनिन् ।यी तीनका पिता एक प्रोपर्टी इन्भेस्टमेन्ट एक्सपर्ट हुन् र उनैले आफ्ना सन्तानलाई यसो गर्न प्रेरणा दिएका हुन् ।आर्थिक रुपमा यी तिनैजनाले जनही २ हजार डलर सहयोग गरेका छन् । यो रकम उनीहरुले आफ्नो पकेट मनीबाट जोगाएका हुन्,’ पिता क्याम म्याकलेननले भने ।यो घर र जग्गा मेलबर्नको दक्षिण पूर्वस्थित क्लाइडेमा छ । हाल यसको मूल्य ६७१,००० डलर परेको छ । म्याकलेननले यो मूल्य १० वर्षमा दोब्बर हुने अनुमान गरेका छन् ।‘यहाँ वरिपरिको जग्गाको मूल्य ७० हजार डलरमा बिक्रि हुन थालिसकेको छ, त्यसैले उनीहरुले राम्रै मूल्यमा जग्गा पाएको भन्नुपर्छ,’ उनले थपे ।यी तिनैजनाले यो सम्पत्ति सन् २०३२ मा बेच्ने र त्यसपछि मात्रै आफ्नो नाफा बाँड्ने योजना बनाएका छन् ।उनीहरुले घरायसी काम गरेबापत् पनि पैसा कमाएका थिए । आफ्ना पिताको सर्वाधिक बिक्रि भएको पुस्तक प्याक गरेबापत् पनि उनीहरुले पैसा कमाएका थिए ।‘यो किताब मेरा सन्तानका लागि हो, उनीहरु अलि बुझ्ने भएपछि यसबारे थाहा पाउनेछन् । सम्पत्तिको पोर्टफोलियो बनाउनका लागि के कस्ता कदम चालिनुपर्छ भन्नेबारे मैले त्यसमा बताएको छु,’ म्याकलेननले भने ।