news-details
अन्तरास्ट्रिय

Share this post!

बोरामा सुनचाँदी र अर्बौँ रुपैयाँ भरेर लुकाउने व्यापारी पक्राउ

भारतको कानपुरस्थित अत्तर व्यवसायी पियुष जैनलाई कर छलीको आरोपमा पक्राउ गरिएको छ । उनको घर र कारखानामा पछिल्ला केही दिनदेखि केन्द्रीय एजेन्सीले छापा मारेर अर्बौं नगद बरामद गरेको थियो ।गुड्स एण्ड सर्भिसेज ट्याक्स (जिएसटी) विभागमा कानपुर क्षेत्रका सहायक आयुक्त सुरेन्द्र कुमारले समाचार एजेनसी पिटिआईलाई यसबारे जानकारी दिँदै जैनलाई थप कारवाहीका लागि अहमदाबाद लैजान सकिने बताए ।एक अन्य अधिकारीले नाम नबताउने शर्तमा पिटिआईलाई पियुष जैनको घर र कारखानामा लगातार जारी गरिएको छापामारीमा २७५ करोड भारुको नोट र सुन–चाँदी भेटिएका छन् । अधिकारीका अनुसार यो रकमको सम्बन्ध कथित रुपमा एक ट्रान्सपोर्टरको  जिएसटी बचाउनका लागि नक्कली बिलसँग सम्बन्धित छ ।