news-details
अन्तरास्ट्रिय

Share this post!

बेलायतमा कोभिड संक्रमित बढेको बढ्यै

लन्डन – बेलायतमा दैनिक थपिने कोभिड संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख २२ हजार १ सय ८६ जना नयाँ संक्रमित भेटिएका हुन् ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ ।बेलायतमा हालसम्म कोभिडबाट करिब डेढ लाखको मृत्यु भइसकेको छ । पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ । अहिले समग्र युरोप कोभिडबाट प्रभावित छ ।विज्ञहरुले दैनिक संक्रमितहरुको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ९० भन्दाबढी देशहरुमा फैलिएको छ । नयाँ भेरियन्टमा यसअघिको डेल्टा भेरियन्टमाभन्दा कयौं गुणा संक्रमण क्षमता रहेको बताइन्छ ।